फ्रान्सविरुद्ध ट्युनिसियाको गोल
फ्रान्सविरुद्ध ट्युनिसियाको गोल

ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को अन्तिम खेलमा फ्रान्सविरुद्ध अग्रता बनाएको छ । 

एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सविरुद्ध ट्युनिसियाले १–० गोलको अग्रता बनाएको हो ।

खेलको आठौँ मिनेटमा ट्युनिसियाले गोल गरेको थियो । तर अफसाइड गोल भएको संकेत रेफ्रिले देखाएपछि फ्रान्सविरुद्ध ट्युनिसियाले अग्रता बनाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ट्युनिसियाले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५८औँ मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियाई १–० गोलको अग्रता दिलाएक छन् ।

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा