डेनमार्कलाई हराउँदै अस्ट्रेलिया प्रिक्वार्टरफाइनलमा पुग्ला ?
डेनमार्कलाई हराउँदै अस्ट्रेलिया प्रिक्वार्टरफाइनलमा पुग्ला ?

विश्वकप फुटबलको समूह ‘डी’ बाट विश्वविजेता फ्रान्स नकआउट चरणमा प्रवेश गरिसकेको छ । यता, तीन अंक बनाउँदै दोस्रो स्थानमा रहेको अस्ट्रेलिया पनि विश्वकपको प्रिक्वार्टरफाइनल नजिक छ ।

विश्वकप फुटबलको समूह ‘डी’ को अन्तिम दुई खेल हुँदैछन् । एक खेलअघि नै विश्वकपको अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले ट्युनिसियाविरुद्ध समूह विजेता बन्ने लक्ष्यसहित खेल्नेछ । ट्युनिसिया र फ्रान्सले कतारको एजुकेशन सिटी रंगशालामा प्रतिस्पर्धा गर्दा अस्ट्रेलियाले डेनमार्कसँग अल जानौब रंगशालामा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

दुई खेलमा जित निकालेको फ्रान्सको ६ अंक छ । यता, अस्ट्रेलियाको तीन अंक छ । डेनमार्कलाई पराजित गरे अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर डेनमार्कसँग बराबरी खेलेपनि अस्ट्रृेलिया नै विश्वकपको प्रिक्वार्टरफाइनलमा पुग्नेछ । तर अस्ट्रेलिया पराजित भए विश्वकपबाट बाहिरिने छ भने डेनमार्कले नकआउट चरणमा स्थान बनाउनेछ ।

111669782135.jpg

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा