अमेरिकाले विश्वकपको प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने
अमेरिकाले विश्वकपको प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने

अमेरिकाले कतारमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । समूह ‘बी’ को उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ‘ए’ को विजेता बनेको नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आफ्नो अन्तिम खेलमा इरानलाई १–० गोलले पराजित गर्दै अमेरिकाले प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिकले गोल गरे । खेलको ३८औँ मिनेटमा पुलिसिकले गोल गर्दै अमेरिकालाई १–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि अमेरिकाले इरानलाई रोक्दै जित निकालेको हो ।

यो जितसँगै अमेरिकाले तीन खेलबाट पाँच अंक बनाउँदै उपविजेता बनेको हो । तीन खेलबाट सात अंक बनाएको इंग्ल्यान्ड समूह विजेता बन्दा यो समूहबाट तीन खेलबाट तीन अंक बनाएको इरान र समान खेलबाट एक अंक बनाएको वेल्स भने विश्वकपबाट बाहिरिएका छन् ।

प्रकाशित मिति:बुधबार, मंसिर १४, २०७९  ०३:३७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा