इक्वेडरलाई हराउँदै सेनेगल समूह ‘ए’ को उपविजेता
इक्वेडरलाई हराउँदै सेनेगल समूह ‘ए’ को उपविजेता

सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आफ्नो अन्तिम खेलमा मंगलबार राति इक्वेडरलाई २–१ गोलले पराजित गर्दै सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सेनेगलको जितमा इस्माइल सार र कालिडौ कौलिबालीले गोल गरे । यता, इक्वेडरका लागि मोइसेस काइसेडोले गोल फर्काए ।

खेलको ४४औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सारले सेनेगललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ६७औँ मिनेटमा काइसेडोले गोल गरेपछि इक्वेडरले १–१ गोलको बराबरी बनाएको थियो । तर खेलको ७०औँ मिनेटमा कालिडौले गोल गरेपछि सेनेगलले इक्वेडरविरुद्ध २–१ गोलको जित निकालेको हो ।

यो जितसँगै सेनेगलले तीन खेलबाट ६ अंक बनाएर समूह ‘ए’ को उपविजेता बनेको हो । यता, पराजित इक्वेडरले भने तीन खेलबाट चार अंक बनाएपनि विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो । 

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  २२:५४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा