इक्वेडरविरुद्ध सेनेगलको गोल
इक्वेडरविरुद्ध सेनेगलको गोल

सेनेगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा इक्वेडरविरुद्ध अग्रता बनाएको छ । सेनेगलले इक्वेडरविरुद्ध गोल गर्दै पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको हो ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफमा सेनेगलका इस्माइल सारले गो गरेका छन् । खेलको ४४औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सारले सेनेगललाई १–० गोलको अग्रता दिलाएका छन् ।

दुई खेलबाट चार अंक बनाएको इक्वेडरले सेनेगलसँग बराबरी खेलेपनि उसलाई प्रिक्वार्टरफाइनलमा पुग्न पर्याप्त हुनेछ । यता, सेनेगलको लागि भने प्रिक्वार्टरफाइनलमा पुग्न इक्वेडरलाई हराउनै पर्ने हुन्छ । सेनेगलको दुई खेलबाट तीन अंक छ ।

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा