कतारविरुद्ध नेदरल्यान्ड्सको गोल
कतारविरुद्ध नेदरल्यान्ड्सको गोल

नेदरल्यान्ड्सले विश्वकप फुटबलको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आयोजक कतारविरुद्ध अग्रता बनाएको छ ।

अल बेत रंगशालामा जारी खेलमा कतारविरुद्ध गोल गर्दै नेदरल्यान्ड्सले १–० गोलको अग्रता बनाएको हो । खेलको २६औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका छन् । 

तुलनात्मक रुपमा यो समूहबाट अन्तिम १६ मा पुग्ने सबैभन्दा बलियो सम्भावना नेदरल्यान्ड्सको रहेको छ । दुई खेलबाट चार अंक बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । कतार भने यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा