विश्वकप प्रिक्वार्टरफाइनल दौडः नेदरल्यान्ड्सलाई ढुक्क, सेनेगल कि इक्वेडर ?
विश्वकप प्रिक्वार्टरफाइनल दौडः नेदरल्यान्ड्सलाई ढुक्क, सेनेगल कि इक्वेडर ?

विश्वकप फुटबलका समूह चरणका अन्तिम खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछ । समूह ‘ए’ बाट आयोजक राष्ट्र कतार बाहिरिँदा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगल प्रिक्वार्टरफाइनल दौडमा छन् ।

समूह ‘ए’ का अन्तिम दुई खेल आज राति हुँदैछ । नेदरल्यान्ड्स र कतारबीच प्रतिस्पर्धा हुँदा सेनेगल र इक्वेडरले खेल्दैछन् । नेपाली समयअनुसार यी दुवै खेल राति ८ः४५ बजे सुरु हुनेछन् । सेनेगल र इक्वेडरबीचको खेल खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । यता, नेदरल्यान्ड्स र कतारको खेल अल बेत रंगशालामा हुनेछ । 

तुलनात्मक रूपमा यो समूहबाट अन्तिम १६ मा पुग्ने सबैभन्दा बलियो सम्भावना नेदरल्यान्ड्सको छ । नेदरल्यान्ड्सले कतारसँग बराबरी खेले पनि नकआउट चरणमा स्थान बनाउने छ । दुई खेलबाट चार अंक बनाएको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ ।

यता, इक्वेडर पनि नकआउट चरणमा पुग्ने लक्ष्यसहित सेनेगलविरुद्ध खेल्नेछ । दुई खेलबाट चार अंक बनाएको इक्वेडरले सेनेगलसँग बराबरी खेले पनि उसलाई प्रिक्वार्टरफाइनलमा पुग्न पर्‍याप्त हुनेछ । यता, सेनेगलको लागि भने प्रिक्वार्टरफाइनलमा पुग्न इक्वेडरलाई हराउनै पर्ने हुन्छ । सेनेगलको दुई खेलबाट तीन अंक छ ।

senegal1669696019.jpg

प्रकाशित मिति:मंगलबार, मंसिर १३, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा