सर्वियाले क्यामरुनविरुद्ध दुई गोलको अग्रता बनाए पनि जित्न सकेन
सर्वियाले क्यामरुनविरुद्ध दुई गोलको अग्रता बनाए पनि जित्न सकेन

क्यामरुनले विश्वकप फुटबलको समूह ‘जी’ मा सर्वियाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको छ । क्यामरुनले सर्वियासँग ३–३ गोलको बराबरी खेलेको हो ।

कतारको अल जानौब रंगशालामा ३–१ गोलले पछि परेको क्यामरुनले उत्कृष्ट प्रदर्शन गर्दै तीन मिनेटमा दुई गोल गर्न सफल भयो । 

खेलको २९औँ मिनेटमा जियान चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० गोलको अग्रता दिलाएका थिए । तर सर्वियाले पहिलो हाफको अन्तिम समयको दुई मिनेटमा दुई गोल गर्न गरेपछि क्यामरुन २–१ ले पछि परेको थियो । सर्वियाका स्ट्राहिन्जा पाभ्लोभिचले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्ज मिलिनकोभिच साभिचले गोल गर्दै सर्वियालाई पहिलो हाफसम्म २–१ को अग्रता दिलाएका थिए ।

खेलको ५३औँ मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्वियालाई ३–१ गोलको अग्रता दिलाएका थिए । तर क्यामरुनले पनि नाटकीय प्रदर्शन गर्दै लगातार दुई गोल गर्न सफल भयो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबौबकारले गोल गर्दै क्यामरुनलाई ३–२ को स्थितिमा पुर्र्याए । खेलको ६६औँ मिनेटमा इरिक म्याक्सिम मोटिङले गोल गरेपछि सर्वियाविरुद्ध क्यामरुनले ३–३ को बराबरी बनायो । बाँकी समयमा सर्वियालाई रोक्दै क्यामरुनले अंक बाँडेको हो ।

FipebwiWQAEMAU81669637206.jpg

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा