दुई मिनेटमा सर्वियाको दुई गोल, क्यामरुनविरुद्ध २–१ ले अघि
दुई मिनेटमा सर्वियाको दुई गोल, क्यामरुनविरुद्ध २–१ ले अघि

सर्वियाले विश्वकप फुटबलको समूह ‘जी’ को जारी खेलमा क्यामरुनविरुद्ध गोल फर्काउँदै पहिलो हाफसम्म २–१ को अग्रता बनाएको छ ।

कतारको अल जानौब रंगशालामा सर्वियाले पहिलो हाफको अन्तिम समयमा दुई मिनेटमा दुई गोल गर्न सफल भयो । खेलको २९औँ मिनेटमा जियान चाल्र्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० गोलको अग्रता दिलाए । 

सर्वियाका स्ट्राहिन्जा पाभ्लोभिचले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्ज मिलिनकोभिच साभिचले गोल गर्दै सर्वियालाई २–१ गोलको अग्रता दिलाए ।

यसअघि आ–आफ्नो खेलमा पराजित भएको सर्विया र क्यामरुनलाई आजको खेल जित्नै पर्ने दबाब छ । सर्वियाले आफ्नो पहिलो खेलमा ब्राजिलसँग २–० गोलको हार ब्यहोरेको थियो । यता, क्यामरुनले भने स्वीट्जरल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा