पोर्चुगल र उरुग्वे खेल्दैः रोनाल्डो कि स्वारेज ?
पोर्चुगल र उरुग्वे खेल्दैः रोनाल्डो कि स्वारेज ?

विश्वकप फुटबलमा आज (सोमबार) क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र लुइस स्वारेज मुख्य फरवार्ड रहेको उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको लुजेल रंगशालामा पोर्चुगल र उरुग्वेबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । घानासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको थियो । कप्तान रोनाल्डोले पेनाल्टीबाट गोल गरेका थिए ।

यता, उरुग्वेले भने आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो । स्टार खेलाडी स्वारेज र इडिन्सन काभानी त्यो खेलमा चल्न सकेनन् ।

पोर्चुगलको मुख्य हतिहार नै रोनाल्डो हुन् । लगातार पाँचवटा विश्वकप फुटबलमा गोल गर्दै कीर्तिमान बनाएका रोनाल्डोलाई रोक्ने उरुग्वेको मुख्य लक्ष्य छ ।

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा