घानालाई पराजित गर्ने लक्ष्यमा दक्षिण कोरिया
घानालाई पराजित गर्ने लक्ष्यमा दक्षिण कोरिया


दुई पटकको विश्वकप विजेता उरुग्वेलाई आफ्नो पहिलो खेलमा नै बराबरीमा रोकेको दक्षिण कोरियाले आज घानाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कतारमा जारी विश्वकप फुटबलको समूह ‘एच’ मा रहेको दक्षिण कोरियाले आफ्नो दोस्रो खेलमा घानाविरुद्ध नेपाली समयअनुसार साँझ ६ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । घानाविरुद्ध दक्षिण कोरियाले जित निकाले नकआउट चरणमा पुग्ने सम्भावना बलियो हुनेछ । दक्षिण कोरियाले उरुग्वेविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

यता, घाना भने आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–२ गोलले हारेको थियो । अन्तिम १६ मा पुग्ने सम्भावनालाई कायमै राख्नका लागि घानाले आज दक्षिण कोरियालाई पराजित गर्नु पर्ने हुन्छ । घाना अंक विहीन छ ।

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा