क्यामरुन र सर्विया पहिलो जितको खोजीमा
क्यामरुन र सर्विया पहिलो जितको खोजीमा

विश्वकप फुटबलको समूह ‘जी’ मा रहेको क्यामरुन र सर्वियाले आज प्रतिस्पर्धा गर्दैछन् । कतारको अल जानौब रंगशालामा नेपाली समयअनुसार क्यामरुन र सर्वियाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसअघि आ–आफ्नो खेलमा पराजित भएको सर्विया र क्यामरुनलाई आजको खेल जित्नै पर्ने दबाब छ । सर्वियाले आफ्नो पहिलो खेलमा ब्राजिलसँग २–० गोलको हार ब्यहोरेको थियो । यता, क्यामरुनले भने स्वीट्जरल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।

अंक विहीन रहेका दुवै टिम जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छन् ।

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा