स्पेनविरुद्ध जर्मनीले गोल फर्कायो 
स्पेनविरुद्ध जर्मनीले गोल फर्कायो 

कतारमा जारी विश्वकप फुटबलको समूह ‘ई’ को जारी खेलमा जर्मनीले स्पेनविरुद्ध गोल फर्काएको छ ।

कतारको अल बेत रंगशालामा १–० गोलले पछि परेको जर्मनीले गोल गर्दै १–१ गोलको बराबरी बनाएको हो । खेलको ४०औँ मिनेटमा जर्मनीका एन्टोनी रुडिगरले हेडर गोल गरे । तर त्यो गोलले मान्यता पाएन । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले रुडिगर अफसाइड भएको संकेत दिए । योसँगै जर्मनीले स्पेनविरुद्ध १–० गोलको अग्रता बनाउने मौका गुमाएको थियो ।

खेलको ६२औँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ८३औँ मिनेटमा निक्लस फुलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा पुरयाए ।
 

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  ०२:२९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा