जर्मनीविरुद्ध स्पेनको गोल
जर्मनीविरुद्ध स्पेनको गोल

कतारमा जारी विश्वकप फुटबलको समूह ‘ई’ को खेलमा स्पेनले जर्मनीविरुद्ध अग्रता बनाएको छ ।

कतारको अल बेत रंगशालामा पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको हो । खेलको ४०औँ मिनेटमा जर्मनीका एन्टोनी रुडिगरले हेडर गोल गरे । तर त्यो गोलले मान्यता पाएन । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले रुडिगर अफसाइड भएको संकेत दिए । योसँगै जर्मनीले स्पेनविरुद्ध १–० गोलको अग्रता बनाउने मौका गुमाएको थियो ।

खेलको ६२औँ मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाएका हुन् ।
 

प्रकाशित मिति:सोमबार, मंसिर १२, २०७९  ०२:०७
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा