क्यानडाविरुद्ध क्रोएसियाको सहज जित
क्यानडाविरुद्ध क्रोएसियाको सहज जित

क्रोएसियाले विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को खेलमा क्यानडाविरुद्ध सहज जित निकालेको छ । क्रोएसियाले क्यानडालाई ४–१ गोलले पराजित गरेको हो ।

दोस्रो मिनेटमा नै पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्ध चार गोल गरेको हो । क्रोएसियाको जितमा एन्ड्रेज क्रमारिचले दुई गोल गर्दा मार्को लिभाजा र लोभ्रो माजेरले समान एक गोल गरे । यता, क्यानडाका लागि अल्फोन्सो डेभिसले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई १–० गोलको अग्रता दिलाएका थिए । अल्फोन्सो विश्वकपमा गोल गर्ने क्यानडाका पहिलो खेलाडी बनेका छन् । उनको यो गोल विश्वकपमा क्यानडाको डेब्यु गोल हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रेज क्रमारिकले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरी दिलाए । खेलको ४४औँ मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई पहिलो हाफसम्म २–१ को अग्रतामा पुर्याएका थिए ।

खेलको ७०औँ मिनेटमा एन्ड्रेज क्रमारिचले गोल गर्दै क्यानडाविरुद्ध क्रोएसियालाई ३–१ गोलको अग्रता दिलाए । खेलको अन्तिम समयमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ गोलको जित दिलाए ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  २३:४६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा