क्यानडाविरुद्ध क्रोएसिया ३–१ गोलले अघि
क्यानडाविरुद्ध क्रोएसिया ३–१ गोलले अघि

क्रोएसियाले विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को जारी खेलमा क्यानडाविरुद्ध ३–१ गोलको अग्रता बनाएको छ । दोस्रो मिनेटमा नै पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्ध तीन गोल गरेको हो ।

क्रोएसियाका लागि एन्ड्रेज क्रमारिचले दुई गोल गर्दा मार्को लिभाजाले एक गोल गरेका छन् । यता, क्यानडाका लागि अल्फोन्सो डेभिसले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई १–० गोलको अग्रता दिलाएका थिए । तर क्रोएसियाले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाविरुद्ध तीन गोल गरेको हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रेज क्रमारिकले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरी दिलाएका थिए । खेलको ४४औँ मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाए ।

खेलको ७०औँ मिनेटमा एन्ड्रेज क्रमारिचले गोल गर्दै क्यानडाविरुद्ध क्रोएसियालाई ३–१ गोलको अग्रता दिलाका छन् । 

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  २३:२१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा