क्यानडाविरुद्ध क्रोएसिया २–१ गोलले अघि
क्यानडाविरुद्ध क्रोएसिया २–१ गोलले अघि

क्रोएसियाले विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को जारी खेलमा क्यानडाविरुद्ध २–१ गोलको अग्रता बनाएको छ । दोस्रो मिनेटमा नै पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्ध अग्रता बनाएको हो ।

खेलको दोस्रो मिनेटमा नै अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको सुरुआती समयमै गोल खाएको क्रोएसिया दबाबमा आएको थियो । तर त्यसपछि लगातार दुई गोल गर्दै क्रोएसियाले क्यानडाविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ ।

खेलको ३६औँ मिनेटमा एन्ड्रेज क्रमारिकले गोल गर्दै क्रोएसियालाई १–१ को बराबरी दिलाएका थिए । खेलको ४४औँ मिनेटमा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  २२:३५
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा