खेलको दोस्रो मिनेटमै क्यानडाले गर्यो क्रोएसियाविरुद्ध गोल
खेलको दोस्रो मिनेटमै क्यानडाले गर्यो क्रोएसियाविरुद्ध गोल

क्यानडाले कतारमा जारी विश्वकप फुटबल अतर्गत समूह ‘एफ’ को खेलमा क्रोएसियाविरुद्ध दोस्रो मिनेटमा नै गोल गरेको छ ।

खेलको दोस्रो मिनेटमा नै अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई १–० गोलको अग्रता दिलाएका छन् । खेलको सुरुआती समयमै गोल खाएको क्रोएसिया दबाबमा आएको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसिया र क्यानडाबीचको खेल सुरु भएको हो । यसअघि २०१८ को विश्वकपको उपविजेता बनेको क्रोएसियाले आफ्नो पहिलो खेलमा मोरोक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो ।

यता, क्यानडा भने आफ्नो पहिलो खेलमा बेल्जियमसँग १–० गोलले पराजित भएको थियो ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा