जर्मनीलाई हराएको जापान कोस्टारिकासँग स्तब्ध
जर्मनीलाई हराएको जापान कोस्टारिकासँग स्तब्ध

कोस्टारिकाले विश्वकप फुटबलमा जापानलाई पराजित गरेको छ । आइतबार साँझ सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १-० गोलले पराजित गरेको हो ।

समूह ‘ई’ मा रहेको एसियाली राष्ट्र जापानविरुद्ध कोस्टारिकाले दोस्रो हाफमा गोल गरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको जापानले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ८१औँ मिनेटमा केयशेर फुलरले गोल गर्दै १-० कोस्टारिकालाई जित दिलाए ।

यो जितसँगै कोस्टारिकाले विश्वकपमा नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ । यसअघि कोस्टारिकाले स्पेनसँग ७-० गोलको हार ब्यहोरेको थियो । यता, जापानले भने चार पटकको विश्वकप विजेता जर्मनीलाई पहिलो खेलमा २-१ गोलले हराएको थियो ।

प्रकाशित मिति:आइतबार, मंसिर ११, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा