फ्रान्सविरुद्ध डेनमार्कले गोल फर्कायो

डेनमार्कले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलमा फ्रान्सविरुद्ध गोल फर्काएको छ ।
कतारको स्टेडियम ९७४ मा फ्रान्स र डेनमार्क दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । फ्रान्सका लागि केलियन एमबाप्पेले गोल गर्दा डेनमार्कका एन्ड्रियास क्रिस्टेन्सेनले गोल फर्काए ।
खेलको ६१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका छन् । तर खेलको ६८औँ मिनेटमा डेनमार्कले गोल फर्काउँदै १–१ गोलको बराबरी बनाएको छ । डेनमार्कका एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै बराबरीमा फर्काए ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ २३:२१
प्रतिक्रिया दिनुहोस्
अंक तालिका