डेनमार्कविरुद्ध एमबाप्पेको गोल
डेनमार्कविरुद्ध एमबाप्पेको गोल

फ्रान्सले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलमा डेनमार्कविरुद्ध अग्रता बनाएको छ ।

कतारको स्टेडियम ९७४ मा फ्रान्सले दोस्रो हाफमा गोल गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा फ्रान्सलाई रोकेको डेनमार्कले दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको ६१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका छन् ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा