साउदी अरबविरुद्ध पोल्यान्ड पहिलो हाफसम्म १–० गोलले अघि

पोल्यान्डले विश्वकप फुटबलको समूह ‘सी’ मा रहेको साउदी अरबविरुद्ध पहिलो हाफसम्म अग्रता बनाएको छ ।
कतारको एजुकेशन सिटी रंगशालामा जारी खेलमा पोल्यान्डले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको हो । पोल्यान्डका लागि पिओट्र जिलिन्स्कीले गोल गरे ।
खेलको ३९औँ मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले दिएको पासमा मिडफिल्डर पिओट्रले गोल गर्दै साउदी अरबविरुद्ध १–० गोलको अग्रता दिलाएका छन् ।
खेलको ४४औँ मिनेटमा साउदीले पेनाल्टी पायो । योसँगै पोल्यान्डविरुद्ध १–१ गोलको बराबरी बनाउने साउदीलाई राम्रो अवसर मिलेको थियो । भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले साउदीलाई पेनाल्टी दिएको थियो । तर सालेम अल्दव्सरीले प्रहार गरेको पेनाल्टी पोल्यान्डका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि साउदीले १–१ गोलको बराबरी बनाउने मौका गुमाएको थियो ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ १९:३७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका