ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको जित
ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको जित

अस्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो ।

कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध मिचेल डुकले गोल गरे । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा ट्युनिसियालाई रोक्दै जित निकाल्यो ।

खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए । दोस्रो हाफमा ट्युनिसियाले गोल गर्ने राम्रो अवसर खेर फाल्दा हार ब्यहोरेको हो ।

यसअघि अस्ट्रेलियाले विश्वविजेता फ्रान्ससँग ४–१ को हार ब्यहोरेको थियो । यता, ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । यो जितसँगै अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा