मेक्सिकोविरुद्ध अर्जेन्टिनालाई जित्नैपर्ने दबाब, हारे विश्वकपबाट आउट
मेक्सिकोविरुद्ध अर्जेन्टिनालाई जित्नैपर्ने दबाब, हारे विश्वकपबाट आउट

अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोसँग खेल्दैछ । पहिलो खेलमा नै अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाका लागि मेक्सिकोविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ ।

अर्जेन्टिना र मेक्सिकोबीचको खेल कतारको लुजेल रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । आफ्नो पहिलो खेलमा साउदीसँग २–१ गोलको लज्जास्पद हार ब्यहोरेको अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायमै राख्नका लागि यो खेल जित्नैपर्ने हुन्छ । यदि पराजित भए अर्जेन्टिना विश्वकपबाटै बाहिरिनेछ ।

विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा रहेको छ । विश्वकप सुरु हुनुअघिदेखि अर्जेन्टिनाले विश्वकप जित्छ भन्ने धेरैको अनुमान थियो । तर, मेक्सिकोसँग पराजित भए लगातार दुई खेलमा हारसँगै विश्वकपको समूह चरणबाटै अर्जेन्टिना बाहिरिनेछ । मेक्सिकोसँग बराबरी खेलेको अवस्थामा भने विश्वकपको नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको सम्भावना कायमै रहनेछ ।

यता, मेक्सिकोले आफ्नो पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । पोल्यान्ड पनि अर्जेन्टिनाविरुद्ध जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा