विश्वकप फुटबलः फ्रान्स र डेनमार्क खेल्दै
विश्वकप फुटबलः फ्रान्स र डेनमार्क खेल्दै

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ को खेलमा आज (शनिबार) विश्वविजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारको स्टेडियम ९७४ मा नेपाली समयअनुसार ९ः४५ बजे फ्रान्स र डेनमार्कले प्रतिस्पर्धा गर्नेछ । बलियो टिम फ्रान्स डेनमार्कलाई पराजित गर्दै नकआउट नजिक पुग्ने लक्ष्यमा छ । फ्रान्सले यसअघि आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलअन्तरले पराजित गरेको थियो ।

यता, डेनमार्क फ्रान्सलाई रोक्ने लक्ष्यमा छ । यसअघि समूह चरणको पहिलो खेलमा डेनमार्कले टयुनिसियासँग गोलरहित बराबरी खेलेको थियो ।

समूह ‘डी’ को शीर्ष स्थानमा फ्रान्स रहेको छ । फ्रान्सको एक खेलबाट तीन अंक छ । ट्युनिसिया र डेनमार्कको समान एक खेलबाट १–१ अंक छ । अस्ट्रेलिया भने अंक विहीन छ ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा