पहिलो जितको खोजिमा अस्ट्रेलिया र ट्युनिसिया

कतारमा जारी विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत अस्ट्रेलिया र ट्युनिसियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।
कतारको अल जानौब रंगशालामा ट्युनिसिया र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजिमा हुनेछन् ।
यसअघि भएको खेलमा ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । यता, अस्ट्रेलियाले भने विश्वविजेता फ्रान्ससँग ४–१ गोलको हार ब्यहोरेको थियो ।
पहिलो खेलमा नै हार ब्यहोरेको अस्ट्रेलियालाई आजको खेल ट्युनिसियाविरुद्ध जित निकाल्नै पर्ने दबाबमा छ । ट्युनिसियासँग पनि हारे अस्ट्रेलिया विश्वकपबाट बाहिरिने छ । यता, ट्युनिसिया भने अस्ट्रेलियालाई पराजित गर्दै नक आउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ ०७:५०
प्रतिक्रिया दिनुहोस्
अंक तालिका