अमेरिकासँग इंग्ल्यान्ड बराबरीमा रोकियो

इंग्ल्यान्ड जारी विश्वकप फुटबलमा अमेरिकासँग बराबरीमा रोकिएको छ । लुलनात्मक रुपमा बलियो टिम मानिएको इंग्ल्यान्डले अमेरिकासँग गोलरहित बराबरी खेलेको हो ।
कतारको अल बेत रंगशालामा भएको खेलमा इंग्ल्यान्डले अमेरिकासँग गोल गर्ने राम्रो अवसर खेर फाल्दा बराबरी खेलेको हो । एक खेलअघि नै नकआउट चरणमा पुग्ने इंग्ल्यान्डको लक्ष्य यो बराबरीसँगै असफल भएको छ । इंग्ल्यान्डले अमेरिकालाई पराजित गरेको भए एक खेलअघि नै प्रि–क्वार्टरफाइनलमा पुग्ने थियो ।
समूह ‘बी’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डको दुई खेलबाट चार अंक भएको छ । यता, इरानको दुई खेलबाट तीन अंक हुँदा दुवै खेलमा बराबरी खेलेको अमेरिकाको दुई अंक छ । वेल्सको दुई खेलबाट एक अंक छ ।
प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९ ०७:१७
प्रतिक्रिया दिनुहोस्
अंक तालिका