नेदरल्यान्ड्सलाई इक्वेडरले रोक्दा कतार विश्वकपबाट बाहिरियो
नेदरल्यान्ड्सलाई इक्वेडरले रोक्दा कतार विश्वकपबाट बाहिरियो

इक्वेडरले कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ ।

शुक्रबार राति भएको खेलमा इक्वेडरले नेदरल्यान्ड्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । खेलको सुरुमै गोल खाएको इक्वेडरले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी खेलेको हो । नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले गोल गरे । यता, इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल फर्काए ।

खेलको छैटौँ मिनेटमा नै कोडीले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० गोलको अग्रता दिलाए । उनैको गोलमा नेदरल्यान्ड्सले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।

खेलको ४९औँ मिनेटमा इक्वेडरका कप्तान भ्यालेन्सियाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याए । बाँकी समयमा नेदरल्यान्ड्सलाई रोक्दै इक्वेडरले अंक बाडेको हो ।

इक्वेडर र नेदरल्यान्ड्सले बराबरी खेल्दै १–१ अंक बाडेसँगै आयोजक कतार भने विश्वकपबाट बाहिरिएको छ । इक्वेडर र नेदरल्यान्ड्सले समान दुई खेलबाट ४–४ अंक बनाउँदा सेनेगलको दुई खेलबाट तीन अंक छ । लगातार दुई खेलमा हार ब्यहोरेको कतारको शुन्य अंक छ । अब कतारले अन्तिम खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रकाशित मिति:शनिबार, मंसिर १०, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा