सेनेगलसँग आयोजक कतार पराजित
सेनेगलसँग आयोजक कतार पराजित

सेनेगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा आयोजक राष्ट्र कतारलाई पराजित गरेको छ । सेनेगलले कतारविरुद्ध ३–१ गोलको जित निकालेको हो ।

अल थुमामा रंगशालामा सेनेगलको जितमा बौलाय डिया, फमरा डिएधिउ र बाम्बा डिइङले गोल गरे । कतारका लागि मोहम्मद मुन्तारीले एक गोल फर्काए ।

कतारविरुद्ध सेनेगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल सेनेगलले खान पुग्यो । बौलाय डियाले ४१औँ मिनेटमा डियाले गोल गर्दै सेनेगललाई १–० को अग्रता दिलाए ।

खेलको ४८औँ मिनेटमा सेनेगलका फमरा डिएधिउले गोल गर्दै २–० को अग्रता दिलाएका थिए । निकै दबाबमा खेलेको कतारले खेलको ७८औँ मिनेटमा गोल फर्काएको थियो । कतारका लागि मुन्तारीले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए । तर खेलको ८४औँ मिनेटमा बाम्बाले गोल गर्दै सेनेगललाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै सेनेगलको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सेनेगल २–० गोलले पराजित भएको थियो । यता, पहिलो खेलमा नै २–० गोलले पराजित भएको कतार भने विश्वकपबाट लगभग बाहिरिएको छ ।

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा