कतारविरुद्ध सेनेगलको दुई गोल
कतारविरुद्ध सेनेगलको दुई गोल

सेनेगलले विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा आयोजक राष्ट्र कतारविरुद्ध दोब्बर अग्रता बनाएको छ । सेनेगलले कतारविरुद्ध २–० गोलको अग्रता बनाएको हो ।

अल थुमामा जारी खेलमा कतारविरुद्ध सेनेगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । बौलाय डियाले ४१औँ मिनेटमा डियाले गोल गर्दै सेनेगललाई १–० को अग्रता दिलाए ।

खेलको ४८औँ मिनेटमा सेनेगलका फमरा डिएधिउले गोल गर्दै २–० गोलको अग्रता दिलाएका छन् । कतार भने सेनेगलविरुद्ध निकै दबाबमा खेलिरहेको छ ।

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा