कतारविरुद्ध सेनेगल पहिलो हाफसम्म एक गोलले अघि
कतारविरुद्ध सेनेगल पहिलो हाफसम्म एक गोलले अघि

सेनेगलले जारी विश्वकप फुटबलमा आयोजक राष्ट्र कतारविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ ।

अल थुमामा जारी खेलमा कतारविरुद्ध सेनेगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको हो । कतारविरुद्ध सेनेगलका लागि बौलाय डियाले गोल गरे ।

खेलको ४१औँ मिनेटमा डियाले गोल गर्दै सेनेगललाई १–० गोलको अग्रता दिलाएका छन् ।

समूह ‘ए’ मा रहेको कतारले यसअघि पहिलो खेलमा इक्वेडरसँग २–० गोलको हार ब्यहोरेको थियो । यता, सेनेगलले नेदरल्यान्ड्ससँग २–० गोल कै हार ब्यहोरेको थियो ।
 

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा