विश्वकप फुटबलः वेल्स र इरान पहिलो हाफसम्म गोलरहित बराबरी

एसियाली राष्ट्र इरानले कतारमा जारी विश्वकप फुटबलमा वेल्ससँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।
कतारको अहमद विन अल रंगशालामा पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । इरानका अली घोलीजादेहले खेलको १५औँ मिनेटमा गोल गरे । तर भिडियो एसिस्टेन्ट रेफ्रि (भीएआर) ले त्यो गोललाई मान्यता नदिएपछि इरानले अग्रता बनाउन असफल भयो । उनले अफसाइड गोल गरेका थिए ।
यसअघि वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । यता, इरानले भने आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ गोलको हार ब्यहोरेको थियो ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ १६:३६
प्रतिक्रिया दिनुहोस्
अंक तालिका