विश्वकप फुटबलः नेदरल्यान्ड्स र इक्वेडर खेल्दै

कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ मिनेटमा सुरु हुनेछ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेदरल्यान्ड्स जितको खोजीमा हुनेछ । यसअघि नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा सेनेगललाई २–० गोलले पराजित गरेको थियो । यता, इक्वेडरले पनि आफ्नो पहिलो खेलमा कतारलाई २–० गोलले नै हराएको थियो ।
भर्जिल भान डाइकको कप्तानीमा रहेको नेदरल्यान्ड्सले इक्वेडरलाई पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ १३:५४
प्रतिक्रिया दिनुहोस्
अंक तालिका