विश्वकप फुटबलः सेनेगलविरुद्ध आयोजक कतारलाई दबाब

जारी विश्वकप फुटबलको आयोजक राष्ट्र कतार सेनेगलविरुद्ध खेल्दा दबाबमा हुनेछ । पहिलो खेलमा इक्वेडरसँग हार ब्यहोरेको कतारले आज (शुक्रबार) सेनेगलसँग खेल्न लागेको हो ।
कतार र सेनेगलबीचको खेल अल थुमामा रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । कतार र सेनेगल दुवै टिमले विश्वकपको पहिलो खेलमा हार ब्यहोरेका छन् ।
कतारले इक्वेडरसँग २–० को हार ब्यहोर्दा सेनेगलले नेदरल्यान्ड्ससँग २–० गोल कै हार ब्यहोरेको थियो । सेनेगलविरुद्ध जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्ने लक्ष्यमा कतारी टिम रहेको छ । यता, नियमित कप्तान साडियो माने घाइते भएपछि उनीबिनै खेलिरहेको सेनेगल कतारलाई हराउने रणनीतिमा छ ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ ०९:२९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका