इरानविरुद्ध जित निकाल्ने लक्ष्यमा वेल्स

वेल्स कतारमा जारी विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित खेलिरहेको छ । आज (शुक्रबार) वेल्सले इरानसँग खेल्दैछ ।
कतारको अहमद विन अल रंगशालामा वेल्स र इरानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । समूह ‘बी’ मा रहेको वेल्सले इरानलाई पराजित गरे प्रि–क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।
यसअघि वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । यता, इरानले भने आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ गोलको हार ब्यहोरेको थियो ।
ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले समूह चरणको अन्तिम खेल भने इंग्ल्यान्डसँग खेल्नेछ । यता, इरानले समूह चरणको अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ ०९:०८
प्रतिक्रिया दिनुहोस्
अंक तालिका