सर्बियाविरुद्ध ब्राजिल दुई गोलले अघि

ब्राजिलले कतारमा जारी विश्वकप फुटबलमा सर्बियाविरुद्ध दोब्बर अग्रता बनाएको छ । ब्राजिलका रिचार्लिसनले दुवै गोल गरेका छन् ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सर्बियाविरुद्ध २–० गोलको अग्रता बनाएको छ ।
खेलको ६०औँ मिनेटमा एलेक्स सान्ड्रोले प्रहार गरेको बल पोष्टमा लागेर फर्किएपछि ब्राजिलले अग्रता बनाउने मौका गुमायो । तर, खेलको ६२औँ मिनेटमा ब्राजिलले गोल गर्दै १–० गोलको अग्रता बनायो । ब्राजिलका लागि रिचार्लिसनले गोल गरे ।
खेलको ७३औँ मिनेटमा रिचार्लिसनले नै व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका हुन् ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ ०२:२०
प्रतिक्रिया दिनुहोस्
अंक तालिका