सर्बियाविरुद्ध ब्राजिलको अग्रता

ब्राजिलले कतारमा जारी विश्वकप फुटबलमा सर्बियाविरुद्ध अग्रता बनाएको छ । ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका छन् ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको हो ।
खेलको ६०औँ मिनेटमा एलेक्स सान्ड्रोले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि ब्राजिलले अग्रता बनाउने मौका गुमायो । तर खेलको ६२औँ मिनेटमा ब्राजिलले गोल गर्दै १–० गोलको अग्रता बनायो । ब्राजिलका लागि रिचार्लिसनले गोल गरे ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ ०२:०९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका