ब्राजिल र सर्बियाबीचको खेल सुरु

कतारमा जारी विश्वकप फुटबलमा पाँच पटकको विश्वविजेता ब्राजिल र सर्बियाबीचको खेल सुरु भएको छ ।
समूह ‘जी’ मा रहेको ब्राजिल सर्बियाबीचको खेल कतारको लुजेल रंगशालामा सुरु भएको हो । ब्राजिलले ४–२–३–१ को फर्मेसनमा सर्बियाविरुद्ध खेलेको छ । यता, सर्बियाले ३–५–१–१ को फर्मेसनमा टिमलाई मैदानमा उतारेको छ ।
सर्बियाविरुद्ध जित निकाल्दै ब्राजिल विश्वकप फुटबलमा सुखद सुरुआत गर्ने लक्ष्यमा छ । यता, सर्बिया भने ब्राजिललाई रोक्दै अंक खोस्ने दाउमा छ ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ ००:४४
प्रतिक्रिया दिनुहोस्
अंक तालिका