लगातार पाँचौँ विश्वकपमा गोल गर्दै रोनाल्डोले बनाए विश्व कीर्तिमान
लगातार पाँचौँ विश्वकपमा गोल गर्दै रोनाल्डोले बनाए विश्व कीर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार पाँचौँ विश्वकपमा गोल गर्दै कीर्तिमान बनाएका छन् । घानाविरुद्ध गोल गर्दै रोनाल्डोले लगातार पाँचवटा विश्वकपमा गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

यसअघि रोनाल्डोले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । रोनाल्डोले विश्वकपमा आठ गोल गरेका छन् ।

रोनाल्डोको गोलसँगै पोर्चुगलले कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ मा घानाविरुद्ध १–० गोलको अग्रता बनाएको छ ।

खेलको ५५औँ मिनेटमा घानाका कुडुस मोहम्मदले प्रहार गरेको बल पोस्टैनजिकैबाट बाहिरियो । खेलको ६२औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । कप्तान क्रिस्टियानो रोनाल्डोलाई डिबक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १–० गोलको अग्रता दिलाए ।

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २३:१३
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा