पोर्चुगल र घानाबीचको खेल सुरु
पोर्चुगल र घानाबीचको खेल सुरु

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल सुरु भएको छ ।

बलियो टिम पोर्चुगल र घानाबीचको खेल कतारको स्टेडियम ९७४ मा सुरु भएको हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल टिम रहेको छ । घानाविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा पोर्चुगल रहेको छ ।

यता, घाना भने पोर्चुगलविरुद्ध अंक खोस्ने लक्ष्यमा छ । पोर्चुगल स्टार खेलाडीले भरिएको टिम हो । जोआओ फेलिक्स, रिकार्डो होर्टा, गोन्कालो रामोस, आन्द्रे सिल्भा, जोआओ क्यान्सेलो, ब्रुनो फर्नान्डेसलगायतका खेलाडी छन् ।

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा