दक्षिण कोरियाले रोक्यो दुई पटकको विश्वपविजेता उरुग्वेलाई
दक्षिण कोरियाले  रोक्यो दुई पटकको विश्वपविजेता उरुग्वेलाई

दक्षिण कोरियाले कतारमा जारी विश्वकप फुटबलमा दुई पटकको विश्वकप विजेता उरुग्वेलाई रोकेको छ । एसियाली राष्ट्र दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको हो ।

पहिलो हाफमा बराबरीमा रोकेको दक्षिण कोरियाले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ४४औँ मिनेटमा उरुग्वेका कप्तान डिएगो गोडिनले हेड गरेको बल पोलमा लागेर फर्किएको थियो । योसँगै उरुग्वे १–० गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

खेलको ८९औं मिनेटमा फेडेरिको भाल्भर्डेले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएपछि फेरि उरुग्वेले अग्रता बनाउन असफल भयो । ९०औँ मिनेटमा दक्षिण कोरियाका कप्तान सन ह्युङ मिनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

समूह ‘एच’ मा रहेको दक्षिण कोरियाले यो बराबरीसँगै उरुग्वेसँग १–१ अंक बाडेको छ ।
 

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा