विश्वकप फुटबलः क्यामरुनविरुद्ध स्वीट्जरल्यान्डको जित

स्वीट्जरल्यान्डले कतारमा जारी विश्वकप फुटबलमा जित निकालेको छ । बिहीबार भएको समूह ‘जी’ को खेलमा क्यामरुनलाई १–० गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले विजयी सुरुआत गरेको हो ।
कतारको अल जानौब रंगशालामा स्वीट्जरल्यान्ड र क्यामरुनले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा स्वीट्जरल्यान्डले उत्कृष्ट खेल्दै जित निकालेको हो ।
खेलको ४८औँ मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाए । बाँकी समयमा क्यामरुनले गोल गर्न नसक्दा स्वीट्जरल्यान्डले जित निकालेको हो ।
यो जितसँगै स्वीट्जरल्यान्डले तीन अंकको बनाएको छ ।
प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९ १७:४५
प्रतिक्रिया दिनुहोस्
अंक तालिका