
विश्वकप फुटबलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिलले सर्बियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल कतारको लुजेल रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ । बलियो टिम ब्राजिलमा स्टार खेलाडीहरु छन् । मिडफिल्ड र फरवार्ड लाइन बलियो बनाएको ब्राजिलमा नेयमार, रिचार्लिसन, भिनीसियस जुनिअर, एन्टोनी सान्तोस, राफिन्हा, रोड्रिगो, पेड्रो, ग्याब्रिएल जेसस, ग्याब्रिएल मार्टिनेली जस्ता स्टार खेलाडी फरवार्ड लाइनमा छन् ।
क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस, एभर्टन रिबिएरोले मिडफिल्ड धान्दा कप्तान थियागो सिल्भा, ड्यानी आल्भेस, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, एडर मिलिसाओ, एलेक्स टेलेस र ब्रेमरले डिफेन्स सम्हाल्ने छन् ।
पछिल्लो समयमा राम्रो गरिरहेको सर्बिया पनि ब्राजिललाई रोक्दै अंक खोस्ने लक्ष्यमा छ ।
विश्वकपका लागि ब्राजिल टिम
गोलकिपरः एलिसन बेकर, एडरसन मोराएस, वेभर्टन
डिफेन्डरः ड्यानी आल्भेस, थियागो सिल्भा, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, एडर मिलिसाओ, एलेक्स टेलेस, ब्रेमर
मिडफिल्डरः क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस, एभर्टन रिबिएरो
फरवार्डः नेयमार, रिचार्लिसन, भिनीसियस जुनिअर, एन्टोनी सान्तोस, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस, ग्याब्रिएल मार्टिनेली
सर्बिया राष्ट्रिय फुटबल टिमः
गोलकिपरः मार्को डिमिट्रोभिच, प्रेड्राग राजकोभिच, भान्जा मिलिन्कोभिक साभिच
डिफेन्डरः स्टेफान मिट्रोभिच, निकोला मिलेन्कोभिच, स्ट्राहिन्जा पाभ्लोभिच, मिलोस वेल्जकोभिच, फिलिप म्लादेनोभिच, स्ट्रहिन्जा एराकोभिच, सरजान बाबिच
मिडफिल्डरः नेमान्जा गुडेल्ज, सर्गे मिलिन्कोभिच–साभिच, सासा लुकिच, मार्को ग्रुजिच, फिलिप कोस्टिच, उरोस रासिच, नेमान्जा माक्सिमोभिच, इभान इलिच, एन्ड्रिजा जिभकोभिच, डार्को लाजोभिच
फरवार्डः डुसान टाडिच, एलेक्सान्डर मिट्रोभिच, डुसान भ्लाहोभिच, फिलिप डुुरिसिस, लुका जोभिच, नेमान्जा राडोन्जिच