रोनाल्डोलाई रोक्ने रणनीतिमा घाना
रोनाल्डोलाई रोक्ने रणनीतिमा घाना

कतारमा जारी विश्वकप फुटबलमा आज समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।

बलियो टिम पोर्चुगल र घानाबीचको खेल कतारको स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । घानालाई पराजित गर्दै पोर्चुगल विश्वकपको यात्रालाई अगाडि बढाउने लक्ष्यमा छ ।

विश्वस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमा राम्रा खेलाडी छन् । जोआओ फेलिक्स, रिकार्डो होर्टा, गोन्कालो रामोस, आन्द्रे सिल्भा, जोआओ क्यान्सेलो, ब्रुनो फर्नान्डेस लगायतका खेलाडी छन् ।

पोर्चुगलको तुलनामा घाना कमजोर मानिएको टिम हो । तर घाना पोर्चुगलविरुद्ध अप्रत्यासित जित निकाल्ने दाउमा रहेको छ ।

पोर्चुगलकाे राष्ट्रिय फुटबल टिम

गोलकिपरः  डिओगो कोस्टा, रुई प्याट्रिसियो र जोसे सा

डिफेन्डरः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा

मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा

फरवार्ड: जोआओ फेलिक्स, रिकार्डाे होर्टा, राफएल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा

घाना राष्ट्रिय फुटबल टिमः

गोलकिपरः लवरेन्स एटी जिगी, मानाफ नुरदिन, इब्राहिम डानलड

डिफेन्डरः बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, गिडेओन मेनसाह, डेनिस ओडोई, अलिडु सेइडु, मोहम्मेद सालिसु, तारिक लाम्प्टे

मिडफिल्डरः थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस सामेद

फरवार्डः आन्द्रे आयु, जोर्डन आयु, कमलदिन सुलेमाना, फतावु इशाहाकु, ओस्मान बुकारी, इनाकी विलियम्स, एन्टोनी सेमेन्यो, कमल सोवह

 

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा