
कतारमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) अर्जेन्टिना र साउदी अरबबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरबसँग लुजेल रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । बलियो अर्जेन्टिनाविरुद्ध कमजोर मानिएको साउदी अरबले आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप कपको उपाधिको प्रमुख दाबेदार टिम हो । कप्तान मेस्सीले आज पाँचौँ पटक विश्वकप खेल्दैछन् । सन् २००६ देखि निरन्तर विश्वकप खेल्दै आएका मेस्सीले आफ्नै कप्तानीमा टिम अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपमा फाइनलमा पुर्याएका थिए । तर फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।
अर्जेन्टिना राष्ट्रिय फुटबल टिम
गोलकिपरः एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी
डिफेन्डरः नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लियाफिको, जान फोयथ
मिडफिल्डरः रोड्रिगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रिग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस
फरवार्डः लियोनल मेस्सी (कप्तान), डी मारिया, पाउलो डिबाला, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया
साउदी अरब राष्ट्रिय फुटबल टिमः
गोलकिपरः मोहम्मद अल ओवेस, नवाफ अल अकिदी, मोहम्मद अल यमी
डिफेन्डरः यासेर अल शहरानी, अली अल बुलैही, अब्दुल्लाह अल एम्री, अब्दुल्लाह मादु, हसन तामबक्ति, सुल्तान अल घनाम, मोहम्मद अल ब्रेक, साउद अब्दुलहमिद
मिडफिल्डरः सलमान अल फराज, रियाद शाराहिली, अली अल हसन, मोहम्मद कन्नो, अब्दुलाह अल मल्की, सामी अल नाजेई, अब्दुल्लाह ओताएफ, नासेर अल दसारी, अब्दुलरहमान अल एबौद, सलेम अल दसारी, हत्तन बाहेब्री
फरवार्डः फहाद अल मुवाल्लाद, हैथम एसिरी, साले अल शेरी, फिरास अलबुराइकन