विश्वकपमा मेस्सीले बनाए विश्व कीर्तिमान
विश्वकपमा मेस्सीले बनाए विश्व कीर्तिमान

सुपर स्टार खेलाडी लियोनल मेस्सीले विश्वकप फुटबलमा विश्व कीर्तिमान बनााएका छन् । कतारमा जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्सविरुद्ध खेलेसँगै अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कीर्तिमान बनाएका हुन् ।

विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै कप्तान मेस्सीले नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै .कीर्तिमान बनाएका थिए ।

क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लोथरको रेकर्ड बराबरी बनाएका थिए । योसँगै विश्वकप फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी मेस्सी बनेका हुन् ।

सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पुर्याएका कप्तान मेस्सीलाई यो अन्तिम मौका पनि हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए उनी सबैभन्दा सफल खेलाडी बन्ने छन् । फुटबलमा मेस्सीले जित्न नसकेको एक मात्रै उपाधि हो, विश्वकप ।

३५ वर्षीय मेस्सी जसरी भएपनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएर खेलाडी जीवनबाट विश्राम लिने संकल्पमा छन् । उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् ।

प्रकाशित मिति:आइतबार, पुस ३, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा