इरानविरुद्ध इंग्ल्यान्डले गर्यो गोलको वर्षा (तस्वीर)

इंग्ल्यान्डले कतारमा जारी विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । सोमबार राति भएको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गरेको हो ।
समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले खालिफा अन्तर्राष्ट्रिय रंगशालामा इरानविरुद्ध गोलको वर्षा नै गर्यो । इंग्ल्यान्डका लागि बोकायो साकाले दुई गोल गरे । त्यस्तै, जुडे बेलिङहम, रहिम स्टर्लिङ, मार्कस राष्फोर्ड र ज्याक ग्रेलिसले समान १–१ गोल गरे । यता, इरानका लागि मेहदी तारेमीले दुई गोल गरे ।
तस्वीरमा हेर्नुहोस्ः
प्रकाशित मिति:सोमबार, मंसिर ५, २०७९ २१:३०
प्रतिक्रिया दिनुहोस्
अंक तालिका