मोरोक्कोले रच्यो इतिहासः पेनाल्टी सुटआउटमा स्तब्ध स्पेन
मोरोक्कोले रच्यो इतिहासः पेनाल्टी सुटआउटमा स्तब्ध स्पेन

मोरोक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा  स्पेनलाई ३–० ले पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्दै इतिहास रचेको हो ।

स्पेन र मोरोक्कोले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका थिए । निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको टुंगो लगाइएको हो ।

कतारको एजुकेशन सिटी रंगशालामा दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समय र थप गरिएको समयसम्म बराबरी खेलेका थिए । स्पेनले खेलको अन्तिम समयमा एकपछि अर्को गोल गर्ने अवसर पाएको थियो । तर गोल गर्न सकेन ।

मोरोक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्को ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले इतिहास रचेको छ ।

प्रकाशित मिति:मंगलबार, मंसिर २०, २०७९  २३:५६
प्रतिक्रिया दिनुहोस्
तालिका र नतिजा