
दक्षिण कोरियाले ऐतिहासिक जित निकाल्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो ।
पोर्चुगललाई पराजित गरेसँगै दक्षिण कोरियाले ऐतिहासिक उपलब्धि निकाल्न सफल भयो । पहिलो पटक पोर्चुगललाई पराजित गरेको दक्षिण कोरियाले विश्वकपको यात्रालाई जिवितै राखेको छ । दक्षिण कोरियासँग २–१ गोलले पराजित भएपनि पोर्चुगल भने समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, उरुग्वेले भने घानालाई पराजित गरेपनि दक्षिण कोरियाले जितेसँगै विश्वकपबाट बाहिरिएको छ ।
कतारको एजुकेशन सिटी रंगशालामा जारी खेलमा १–० गोलले पछि परेको दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।
खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । यो गोलसँगै दक्षिण कोरिया भने दबाबमा आएको थियो । तर उत्कृष्ट प्रदर्शन गर्दै किम योङ वोनले गो गर्दै दक्षिण कोरियालाई १–१ को बराबरी दिलाएका थिए । खेलको इन्ज्युरी समयमा ह्वाङ हिचानले गोल गर्दै दक्षिण कोरियालाई २–१ गोलको जित दिलाए ।
एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियासँग पराजित भएपनि समूह विजेता बन्न पुग्यो । यता, उरुग्वे भने घानालाई २–० गोलले पराजित गरेपनि विश्वकपको नकआउट चरणमा पुग्न असफल भयो । तीन खेलबाट ६ अंक बनाएको पोर्चुगल समूह विजेता बन्यो । तीन खेलबाट चार अंक बनाएको दक्षिण कोरिया उपविजेता बन्दा समान अंक बनाएको उरुग्वे र तीन अंक बनाएको घाना विश्वकप फुटबलबाट बाहिरिएका छन् ।