
ट्युनिसियाले विश्वकप फुटबलको समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पराजित गरेको छ । तर, फ्रान्सलाई १–० गोलले पराजित गरे पनि विश्वकप फुटबलबाट भने ट्युनिसिया बाहिरिएको छ ।
एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको फ्रान्सविरुद्ध ट्युनिसियाले रोमाञ्चक जित निकाल्यो । खेलको आठौँ मिनेटमा ट्युनिसियाले गोल गरेको थियो । तर अफसाइड गोल भएको संकेत रेफ्रिले देखाएपछि फ्रान्सविरुद्ध ट्युनिसियाले अग्रता बनाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ट्युनिसियाले दोस्रो हाफमा गोल गरेको हो । खेलको ५८औँ मिनेटमा वाहबी खाज्रीले गोल गर्दै ट्युनिसियालाई १–० गोलको अग्रता दिलाए ।
खेलको अन्तिम समयमा एन्टोनी ग्रिजम्यानले गोल गरे । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले अफसाइड देखाएपछि फ्रान्स हारबाट जोगिन सकेन ।
समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा फ्रान्स पराजित भएपनि समूह विजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले तीन खेलबाट ६ अंक बनायो । यता, ट्युनिसियाले तीन खेलबाट चार अंक बनायो । यो समूहबाट अस्ट्रेलिया उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा ट्युनिसिया र डेनमार्क भने बाहिरिएका छन् ।